जनयुद्ध दिवस मनायो माओवादीले २९ वटा मैनबत्ती बालेर
फागुन,१ काठमाडौँ । नेकपा माओवादी केन्द्रले २९ औँ जनयुद्ध दिवस मनाएको छ । आज प्रज्ञा भवनमा आयोजित विधान अधिवेशन अघि माओवादीले जनयुद्ध दिवस मनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले २९ वटा मैनबत्ती बालेका थिए भने जनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण गरिएको थियो । २०५२ साल फागुन १ देखि माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध १० वर्षसम्म चलेको थियो । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।