नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
फागुन, १६काठमााडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। बिहान ९ बजेबाट सुरु भएको बैठकमा कार्यविभाजनबारे टुङ्गो लगाउने विषयमा छलफल भइरहेको छ।
यसअघि, मङ्गलवार बोल्ने अधिकांश सदस्यहरूले राष्ट्रिय सभा अध्यक्ष नेपाली काँग्रेसलाई दिन नहुने मत राखेका थिए। त्यस्तै काँग्रेससँगको सहकार्य–गठबन्धनबारे पनि समीक्षा गर्नुपर्ने धारणा राखेका थिए। यसैगरी माओवादी स्थायी कमिटी सदस्यहरूले काँग्रेस महासमितिमा प्रतिगमनलाई सघाउने प्रवृत्ति देखिएको निष्कर्ष निकालेका छन्।