राष्ट्रपति र प्रधानमन्त्री बिच शीतलनिवासमा छलफल
फागुन, २१ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास पुगेका छन् । एमाले, रास्वपा, जसपा सम्मिलित नयाँ सत्तागठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न गएका छन् । भेटमा उनले राष्ट्रपतिलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउने बताइएको छ ।
यस्तै, आफूले आजै माओवादी, एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेकोबारे पनि प्रधानमन्त्रीले बताउने छन् ।