मन्त्री टुंग्याउन जसपाको बैठक बस्दै
फागुन, २४ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय बालकुमारीमा खाज बिहान ८ बजे बैठक बस्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताएको छ ।
जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।जसपाको केन्द्रीय कार्यकारिणीको बैठक हिजो पनि बसेको थियो।