बैङ्कको ऋण तिर्दिन भन्नेलाइ सरकारले छुट नदिने : अर्थमन्त्री

फागुन,२५ काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्न अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने बताउनुभएको छ ।
नेपाल बैङ्कर्स सङ्घका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैङ्कको ऋण तिर्दिन भन्ने र तिर्नुहुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैङ्कको ऋण नर्तिन भड्काउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएकोसमेत उहाँले बताउनुभयो ।