विवाह गर्दा वडाको सिफारिस अनिवार्य
चैत्र, १ काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ । चन्द्रपुर नगरपालिकाले सूचना निकालेर नगरक्षेत्रका नागरिकले कसैको विवाह गर्नुपर्दा सम्बन्धित वडाको सिफारिस अनिवार्य चाहिने बताएको छ ।
विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्म दर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । बालविवाह अन्त्य गर्न भन्दै नगरपालिकाले दशवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गरेको हो ।
कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि विवाहको लागि सिफारिस अनिवार्य गरेको नगरपालिकाले बताएको छ ।