मन्त्रिपरिषदमा दलित र मुस्लिमको प्रतिनिधित्व खै : सांसद अब्दुल
चैत,१ काठमाडौं । जनमत पार्टीले मन्त्रिपरिषद्मा दलित र मुस्लिमको प्रतिनिधित्व नरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गरेका छन् ।आज प्रतिनिधि सभाको बैठकमा बोल्दै जनमत पार्टीका सांसद अब्दुल खानले नेपालमा ४० लाख बढी दलित र १५ लाख बढी मुस्लिम समुदाय रहेको बताए ।
तर, २२/२५ जनाको मन्त्रिपरिषदमा दलित र मुस्लिम समुदायको प्रतिनिधित्व नहुनु दुःखद रहेको बताए ।