Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

रुसी राष्ट्रपतिमा भ्लादिमिर पुटिनको जित सुनिश्चित

काठमाण्डौ – रुसमा भएको राष्ट्रपति चुनावमा अपेक्षित रुपमै भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । गएको तीन दिनदेखि भइरहेको मतदानअनुसार ८७ प्रतिशत भोट पुटिनको पक्षमा भएको विश्वास गरिएको छ । रसियाले कब्जा गरेका युक्रेनका जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्रिमियामा अझै मतदान भइरहेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफूमाथि विश्वास गरेकामा नागरिकलाई धन्यवाद दिदैं विजय उत्सव मनाउन शुरु गरिसक्नुभएको बीबीसीले जनाएको छ । यो जितसँगै राष्ट्रपति पुटिनले पाँचौ कार्यकाललाई निरन्तरता दिएर सन् २०३० सम्म सत्तामा रहने हुनुभएको छ ।

पुटिनको विपक्षमा विश्वसनीय प्रतिद्वन्द्वी नभएकाले पनि जित्न सहज भएको खबरमा उल्लेख छ । यसैबीच रुसमा मतदान चलिरहेका बेला स्वर्गीय विपक्षी नेता एलेक्सी नाभाल्नीकी पत्नीको आव्हानमा बिरोध प्रदर्शन भईरहेको छ । रुसका विभिन्न सहरमा प्रदर्शन गर्दै तोडफोडमा संलग्न रहेका केही प्रदर्शनकारीहरु पक्राउ समेत परेका खबरमा उल्लेख छ ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com