चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु
चैत्र,७ काठमाडौं । पाँचथरमा चट्याङ लागेर एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति चट्याङ लागेर पाँचथरको गोपेटार प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार ३५ वर्षीय पाण्डवकुमार माझीको मृत्यु भएको छ ।
कार्यालयमै चट्याङ लागेर गम्भीर घाइते भएका माझीको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक सुमित कुसुवाहले बताए ।