गृहमन्त्री रविमाथि छानबिन गर्न संसदीय समिति सम्भव छैन : केपी शर्मा ओली
चैत्र, ७ काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न नेपाली कांग्रेसले संसदीय समितिको माग गरे पनि सम्भव नरहेको बताउनुभयो ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । ओलीले कांग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप लगाउनुभयो ।