फरार अभियुक्त हेमराज पक्राउ
चैत्र, ८ काठमाडौं । प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्त हेमराज कामीलाई पाँच वर्षपछि पक्राउ गरेको छ । रोल्पा रन्टीगढी गाउँपालिकाका ३८ वर्षीय कामीलाई हिजो पक्राउ गरेको छ ।
३१ जेठ ०७५ मा सल्यान कुमाख गाउँपालिका–६ दारिमपाखास्थित थारमारे–चौरजहारी कच्ची सडकखण्डमा कामीले चलाएको रा.१त ७४८ नम्बरको ट्याक्टरले बाटोमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट कुमाख गाउँपालिका– ७ का अन्दाजी ६७ वर्षीय बलवीर मिजार घटनास्थलमै र ५० वर्षीया बिर्मा बुढाथोकीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।