स्विट्जरल्याण्डमा जलवायु परिवर्तनसम्बन्धी फैसला वृद्ध महिला समूहको पक्षमा

स्विट्जरल्याण्डमा युरोपेली मानवअधिकार अदालतले जलवायु परिवर्तनविरुद्ध अभियान चलाउने नागरिकको पक्षमा ऐतिहासिक फैसला गरेको छ । अदालतले आफ्नो फैसलामा स्विट्जरल्याण्डले जलवायु परिवर्तनविरुद्ध उपयुक्त कदम नचालेका कारण दुई हजारभन्दा बढी वृद्ध महिलाको स्वास्थ्य र जीवनको अधिकार हनन गरेको जनाएको छ ।

प्रशासनले कार्बन उत्सर्जन घटाउने लक्ष्य पूरा गर्न पर्याप्त कदम चाल्न नसकेको फैसलामा उल्लेख छ । स्विट्जरल्याण्डमा वृद्ध महिलाहरूको समूहले जलवायु परिवर्तनसम्बन्धी पहिलो मुद्दा जितेको बीबीसीले जनाएको छ । ७० वर्षका वृद्ध महिलाहरुले आफ्नो उमेर र विशेषगरी महिला भएकाले जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभावसँगै बढ्दो गर्मीले दैनिकी र स्वास्थ्यमा असर गरेको बताएका छन् ।
जलवायु परिवर्तनको विषयमा आवाज उठाउने विश्वभरका सङ्घसंस्थाले यो महिलाको समूहलाई बधाई दिएका छन् । एजेन्सी