दुई सातामै लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा
बैशाख,९ काठमाडौं । सरकारमा सहभागी भएको १५ दिनमै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ यो पार्टीबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए। मन्त्री भण्डारीले पदबाट राजीनामा दिएका छन्।
गत चैत २५ मा अहिर मन्त्री नियुक्त भएका थिए । जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मन्त्री अहिरले आज राजीनामा दिएका छन्।