कम्युनिष्टहरूको एकता हुनसक्छ : प्रधानमन्त्री
बैशाख,१० काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले कम्युनिष्टहरूको पुनः एकता हुन सक्ने दाबी गर्नुभएको छ । आज तुल्सीलाल स्मृति प्रतिष्ठानले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले कम्युनिष्टहरूको वाम एकता आमनागरिकबाट अनुमोदन भएकाले सही कामको निम्ति प्रयास जारी राख्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरूलाई एकताबद्ध गर्नु नै अबको गणतन्त्र र राजनीतिक सङ्घर्षको निम्ति आवश्यकता रहेको दाबी गर्नुभयो । राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र नागरिकका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको बताउनुभयो ।