इलामको विजय सभालाई केपी शर्मा ओलीले सम्बोधन गर्ने

बैशाख,१८ काठमाडौं । इलाम-२ मा भएको उपचुनावबाट प्रतिनिधिसभामा निर्वाचित भएका सुहाङ नेम्वाङको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् ।

इलामको चुनावमा एमालेकी कमाण्डर रहेकी शिवमाया तुम्बाहाम्फेका अनुसार ओली चोकबजारमा हुने सभामा सहभागी हुनेछन् । त्यसका लागि उनी इलाम पुग्नै लागेको तुम्बाहाम्फेले बताइन् । ओलीले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।