Yeti Khabar

२०८१ कार्तिक २, शुक्रबार - Fri Oct, 2024 -

चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी रहेको पाइयो

चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएकाे छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गरेको अध्ययनअनुसार चन्द्रमामा पाँचदेखि आठ गुणा बढी पानी रहेको पाइएको हो । अध्ययनले चन्द्रमाको सतहमुनि धेरै बरफ रहेको र यसलाई आवश्यकताअनुसार निकाल्न सकिने देखाएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

अनुसन्धान संस्था इसरोको स्पेस एप्लिकेशन सेन्टर, आईआईटी कानपुर, युनिभर्सिटी अफ सदर्न क्यालिफोर्निया, जेट प्रोपल्सन ल्याबोरेटरी र आईआईटी–आईएसएम धनबादका वैज्ञानिकहरूले संयुक्त रूपमा यो अध्ययन गरेका खबरमा उल्लेख छ ।

अध्ययनले चन्द्रमाको दुवै ध्रुवमा हिउँको मात्रा पहिलेको अनुमानभन्दा बढी रहेको पत्ता लगाएको छ । इसरोका अनुसार चन्द्रमाको उत्तरी ध्रुवमा दक्षिण ध्रुवको तुलनामा दोब्बर बरफ छ । सतहबाट बरफ बाहिर निकाल्न सकेमा चन्द्रमामा पुग्ने मानिसहरू लामो समयसम्म त्यहाँ रहन सक्ने भन्दै इसरोले यसबाट विश्वका धेरै अन्तरिक्ष एजेन्सीहरू लाभान्वित हुने बताएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com