कञ्चनपुरमा सेप्टिक ट्यांकीमा खसेको एक बालकको मृत्यु
बैशाख,२५ काठमाडौं । सेप्टिक ट्यांकीमा खसेका कञ्चनपुरका एक बालकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ३ चित्रपुरका करिब डेढ वर्षीय बालक लिवन रानाको मृत्यु भएको हो।
उनी हिजो मध्याह्न सेप्टिक ट्यांकीमा खसेर डुबेका थिए। अचेत अवस्थामा भेटिएका बालकलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो।