Yeti Khabar

२०८१ कार्तिक २, शुक्रबार - Fri Oct, 2024 -

भेरी नदीमा मोटरसाइकल खस्यो,एक जनाको मृत्यु

बैशाख,२९ काठमाडौं । छिन्चु–जाजरकोट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान सवा ७ बजे जाजरकोट र सुर्खेतको सिमाना छेडाबजार नजिकै नेपालगञ्जबाट जाजरकोटतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ०३–००१ प ०३७९ नम्बरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

त्यसरी ठोक्किँदा नेपालगञ्जबाट गइरहेको मोटरसाइकल सडकबाट अन्दाजी १०० मिटर तल भेरी नदीमा खसेको थियो। उक्त मोटरसाइकल चालक रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ३० वर्षीय भुवन केसीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले बताएको छ । मोटरसाइकल हालसम्म फेला छैन। मृतकको शव भने नदी छेउमा फेला परेको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com