Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

पर्यटकीय गन्तव्य रारामा रिसोर्ट बन्ने भएपछि मुगुबासीमा उत्साह

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकामा रहेको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुबासी उत्साहित भएका छन् । काठमाण्डौमा वैशाख १६ र १७ मा भएको तेस्रो लगानी सम्मेलनमा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्रेलियन गुप्रले लगानी गर्ने गरी सम्झौता भएको छ ।

रारामा वैदेशिक लगानी भित्रिन लागेको र यसबाट कर्णालीको पर्यटन क्षेत्रमा नै योगदान पुग्ने अपेक्षा गरिएको छ । रारा ताल क्षेत्रमा लामो समय अष्ट्रेलियामा बस्दै आएका बद्री अर्याल र सञ्जीव शर्माले एक्सपर्ट गुप्रमार्फत् लगानी भित्र्याउनु भएको हो । एक्सपर्ट गुप्रले अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युतकाे क्षेत्रमा लगानी गर्दै आएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा झण्डै ७० करोड लगानी हुने भनिएको छ । आयोजनामा दोस्रो चरणमा ४० करोड लगानी थप हुने निर्माण कम्पनीले जनाएको छ । समुद्र सतहदेखि तीन हजार सात सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालको मनमोहक दृश्य देख्न सकिन्छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com