नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित
बैशाख,२९ कामठाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेसले नाराबाजी कायम राखेपछि संसद् स्थगित भएको छ। बैठक सुरु भएलगत्तै कांग्रेस सांसद वेल घेराउ गर्न पुगेका थिए। नाराबाजीबीच सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि नाराबाजीसहित रोस्टम नै घेर्न अगाडि बढेपछि संसद् बैठक १ जेठ साँझ ६ बजेसम्मका लागि स्थगित भएको हो।