Yeti Khabar

२०८१ कार्तिक २, शुक्रबार - Fri Oct, 2024 -

बाँकेकाे राप्तीसाेनारीमा फैलिएकाे झाडापखाला नियन्त्रणमा

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर उपचार गरेपछि झाडापखाला नियन्त्रणमा आएको हो ।

झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका र स्वास्थ्यकर्मीको टोलीले गाउँमा गएर उपचार गरेसँगै नियन्त्रणमा आएको स्वाास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनुभयो ।

राप्तीसोनारी अस्पतालका चिकित्सक डाक्टर राम शाहको नेतृत्वमा गाउँमै पुगेको स्वास्थ्यर्मीको टोलीले बिरामीको उपचार गरेको थियो । बिरामीमध्ये तीन जनालाई स्वास्थ्य चौकीमा भर्ना गरेर थप उपचार गरिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।

एक जना स्थानीयको घरमा आयोजित भोजमा सहभागी भएकाहरूमा पखाला फैलिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com