Yeti Khabar

२०८१ कार्तिक २, शुक्रबार - Fri Oct, 2024 -

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका संसारकै पहिलो व्यक्तिको निधन

आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्तिको अन्ततः मृत्यु भएको छ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि उनको मृत्यु भएको हो ।

६२ वर्षीय रिचार्ड रिक स्लेम्यानले अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यसबेला डाक्टरहरुले उनको शरीरमा राखिएको सुँगुरको मिर्गौलाले कम्तिमा पनि २ वर्ष काम गर्ने बताएका थिए ।

तर, त्यसविपरीत स्लेम्यानको २ महिनामै मृत्यु भयो । शनिबार अस्पताल र उनका परिवारका स्लेम्यानको मृत्यु भएको पुष्टि गरेका छन् ।

अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरहरुको टिमले एक विज्ञप्ति प्रकाशित गर्दै स्लेम्यानको मृत्युबाट आफू निकै दु:खी बनेको बताएको छ ।

यद्यपि अस्पतालले ती व्यक्तिको मृत्यु सुँगुरको मिर्गौला प्रत्यारोपण गरेकै कारण भएको भन्ने कुनै संकेत प्राप्त नभएको पनि जनाएको छ ।

स्लेम्यान सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने विश्वकै पहिलो जिवित व्यक्ति थिए। यसअघि प्रयोगका रुपमा सुँगुरको मिर्गौला एकजना मस्तिष्क मृत्यु भैसकेको मानिसमा अस्थायी रुपमा प्रत्यारोपित गरिएको थियो । अन्य दुई व्यक्तिहरुमा सुँगुरको मुटु पनि प्रत्यारोपण गरिएको थियो । यद्यपि केही महिनापछि दुवै जनाको मृत्यु भयो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com