कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मागे विश्वासको मत
३१ बैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । आज प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् । सरकार गठनको प्रक्रिया सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ । कांग्रेस संसदीय दलको बैठकले सभामुखलाई पत्र लेखेर बैठक स्थगित गर्न माग गर्दै अनुपस्थित हुने निर्णय गरेको हो ।
विहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सुरु गर्न सभामुखले कांग्रेसलाई दुई घण्टा पर्खिएका थिए । नेपाली कांग्रेस दलको बैठक नसकिएपछि १ बजे सभामुखले बैठक सुरु गरे । बैठक सुरु भएपछि मात्रै कांग्रेसले बैठकमा अनुपस्थित हुने जानकारी दिएको थियो । बैठकमा प्रतिपक्षीमा राप्रपा मात्रै छ ।