Yeti Khabar

२०८१ आश्विन १, मंगलवार - Tue Sep, 2024 -

भारतमा न्युजक्लिकका प्रधानसम्पादक पुरकायस्थ जेलमुक्त

भारतीय समाचार पोर्टल ’न्युजक्लिक’ का संस्थापक तथा प्रधानसम्पादक प्रबीर पुरकायस्थ जेलबाट छुट्नु भएको छ । सर्वोच्च अदालतको आदेशपछि पुरकायस्थ गएराति तिहाड जेलबाट निस्किनु भएको हो । उहाँलाई  गएको अक्टोबरमा युएपीए अन्तर्गत चीनबाट अवैध रकम लिएको आरोपमा पक्राउ गरिएको थियो ।

दिल्ली प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै हिजो सर्वोच्च अदालतले पुरकायस्थलाई रिहा गर्न आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ । न्यायाधीशहरू बीआर गवई र सन्दीप मेहताको संयुक्त इजलासले पक्राउ गर्ने बेलामा प्रहरीले कुनै आधार नबताएका उल्लेख गरेको छ ।

पुरकायस्थले आफ्नो पक्राउ गैरकानुनी भएको भन्दै सर्वोच्चमा निवेदन दिनुभएको थियो । उहाँसहित न्युजक्लिकका प्रशासनिक प्रमुख अमित चक्रवर्तीलाई दिल्ली प्रहरीको स्पेसल सेलले पक्राउ गरेको थियो । न्युयोर्क टाइम्समा छापिएको एक समाचारका आधारमा चीनबाट अवैध रूपमा सहयोग लिएको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । न्युयोर्क टाइम्सले चीन सरकारले प्रोपोगान्डा फैलाउन न्युजक्लिक अनलाइन पोर्टललाई पैसा दिएको दाबी गरेको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com