प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने

बैशाख,४ काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ गते सोमवार विश्वासको मत लिने हुनुभएको छ । जनता समाजवादी पार्टी ९जसपा० नेपालले गएको वैशाख ३१ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।