तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई जना युवाको ज्यान गयाे
तनहुँ – तनहुँको बन्दीपुर–२ बट्टारमा रहेको सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई जना युवाको ज्यान गएकाे छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय बिनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको ज्यान गएको हो ।
छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर ज्यान गएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो । अन्य चारजना सकुशल रहेका छन् । मृतक दुबैको शव परीक्षणका लागि दमौली अस्पतालको शव गृहमा राखिएको उहाँले बताउनुभयो । रासस