Yeti Khabar

२०८१ चैत्र २७, बुधबार - Wed Apr, 2025 - ७ : ५२ : २०

भारतमा गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको ज्यान गयो

भारतको हरियाणा राज्यमा पर्ने नुहमा बिहान गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ । अरू २० जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर दुर्घटना भएको हो । बसमा आगो लाग्नसाथ चालक भागेका र गाउँलेले बसको झ्यालका सिसा फुटाएर आफुहरुलाई बचाएका एक जना घाइतेले बताएका बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।

बसमा झन्डै ६० जना थिए । ती सबै चण्डीगढ र पञ्जाबका बासिन्दा हुन् । बसमा आगजनी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com