गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिने
जेठ, ६ काठमाडौं । कांग्रेसलगायतका विपक्षी दलले गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसभामा बोल्न दिने निर्णय गरेका छन्। विपक्षी दलका नेताहरूको संसद् भवनमा भएको बैठकले लामिछानेलाई बोल्न अवरोध नगर्ने, तर संसदीय छानबिन समिति नबन्दासम्म अन्य कार्यसूचीमा प्रवेश गर्न नदिने निर्णय गरेको हो।
विपक्षी दलले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामछानेको संलग्नता दाबी गर्दै संसद् अवरोध गर्दै आएका छन्।