Yeti Khabar

२०८१ भाद्र २३, आईतवार - Sun Sep, 2024 -

भारत महाराष्ट्रको रासायनिक कारखानामा विष्फोट हुँदा ८ जनाको ज्यान गयो

भारत महाराष्ट्रको एक रासायनिक कारखानामा विष्फोट हुँदा ८ जनाको ज्यान गएको छ ।  ६० जना घाइते भएका छन् । ठाणे जिल्लाको डोम्बिवलीमा रहेको फ्याक्ट्रीमा विष्फोट हुँदा वरपरका घरमा समेत  क्षति पुगेको बीबीसी हिन्दीले जनाएको छ ।

महाराष्ट्र सरकारका अनुसार विष्फोटका कारण हिजो भएको आगलागीबाट अरु ३ वटा फ्याक्ट्रीमा पनि नोक्सानी भएको छ ।  १२ वटा गाडीमा आगलागी भएको छ ।

कामदारहरू फ्याक्ट्रीमा रसायनसँग सम्बन्धित काम गरिरहँदा आगलागी भएर विष्फोट भएको बताइएको छ । घटनापछि महाराष्ट्र सरकारले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ  क्षतिपूर्ति दिने घोषणा गरेको छ । घटनाबारे थप छानबिन हुने खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com