Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

१ हजार ६ सय ५३ मीटर लामो सुरुङ्गको ब्रेकथ्रु

काठमाडौं ११ जेठ । तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजना अन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलिएको छ । मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति महारथी प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा, रथीवृन्दलगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैरसैनिक व्यक्तिको उपस्थिति थियो ।धेद्रे सुरुङमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको छ ।

यसैगरी, यही जेठ ४ गते लेनडाँडा सुरुङमार्ग जोडेर काठमाडौंबाट निजगढतर्फको एक हजार ६३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो ।सोही अवसरमा रक्षामन्त्री उप्रेतले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन गर्नुभएको निर्देशनालयले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com