Yeti Khabar

२०८१ भाद्र २३, आईतवार - Sun Sep, 2024 -

सहकारी अपचलन छानवीन गर्न संसदीय समिति बन्ने

काठमाण्डौ १२ जेठ । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेशमा सत्ता र विपक्षी दलका शीर्ष नेताहरु सहमति नजिक पुगेका छन् ।

हिजो कार्यदलस्तरमा भएको छलफलपछिको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम नराखी समितिको कार्यादेश बनाउने विषयमा दलहरु सहमतिको नजिक पुगेका हुन् । शीर्ष नेताहरूसँगको परामर्शमा कार्यदलले आज कार्यादेशको मस्यौदा टुङ्ग्याउने तयारी गरेको छ ।

समितिको कार्यादेश टुङ्गिएसँगै भोलि सदनको गतिरोध अन्त्य भएर सरकारको नीति तथा कार्यक्रम र बजेट संसदीय प्रक्रियाबाटै पास गर्ने विषयमा पनि शीर्ष नेताहरूबीच छलफल भएको छ । हिजोको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छलफल सकारात्मक भएको बताउनु भएको थियो ।

बैठकमा सङ्घीय संसद्को गतिरोध अन्त्य र सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समितिको कार्यादेश बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिसँग सकारात्मक छलफल भएको बताउनु भयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि संसदीय छानबिन समिति बनाउने विषयमा छलफल सकारात्मक भएको जानकारी गराए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com