बालेनले आक्रोस पोख्दै फेसबुकमा लामो स्टाटस
काठमाण्डौ १२ जेठ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लाई धूलो उपहार दिने आन्दोलनको घोषणा गरेका गरेका छन् ।
उहाँले फेसबुक मार्फत लेख्नु हुन्छ माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु !
तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ ।
काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन ।
जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला ।
भन्दै महानगरको गाडीमा माटो जम्मा गरी विभिन्न सरकारी कार्यालय अगाडि फालिदिएका छन् ।