Yeti Khabar

२०८१ चैत्र २३, शनिबार - Sat Apr, 2025 -

पपुवा न्युगिनीमा पहिरो, सयौँको मृत्यु भएको आशंका

sharethis sharing button

पोर्ट मोरेस्बी । पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठुलो पहिरो गएको छ । गाउँलेहरूले माटोको थुप्रोले थिचिएका घरहरूबाट दर्जनौँ शव निकालिरहेको अस्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसी अनलाइन संस्करणमा समाचार छापिएको छ ।

समाचारअनुसार घटनामा १०० जनाको मृत्यु भएको स्थानीयहरूले बताएका छन् । तर मृतकको आधिकारिक तथ्याङ्क आइसकेको छैन ।

इन्गा प्रान्तको काओकलाम गाउँ बिहान ३ बजे पहिरोको चपेटामा परेको थियो । यो गाउँ राजधानी पोर्ट मोरेस्बीभन्दा उत्तर पश्चिममा करिब ६०० किमी पर रहेको छ । पोर्गेरा वुमन इन बिजनेस एसोसिएसनकी अध्यक्ष एलिजाबेथ लारुमाले एबीसीसँग कुरा गर्दै पहाडको

किनाराहरू खस्दा घरहरू ध्वस्त भएको बताएकी छिन् । यो दुर्घटना भएको समयमा मानिसहरू सुतिरहेको बताइएको छ । पहिरोले गाउँ पुरिएको र सयभन्दा धेरै मानिस यसमा परेको हुनसक्ने लारुमाको भनाई छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com