प्रतिनिधिसभाको बैठक मंगलबार सम्मलाई स्थगित
जेठ, १४ काठमाडौं । दुवै सदनको संयुक्त बैठकमा बजेट पेश हुने प्रतिनिधिसभाको बैठक जेठ १५ गते मंगलबारसम्मलाई स्थगित भएको छ। मंगलबार १ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नेछन्।
संयुक्त बैठकमा बजेट पेस भएपछि सोही दिन ४ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। आजको बैठकमा कांग्रेसको नाराबाजीबीच नै सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।