Yeti Khabar

२०८१ मंसिर ८, शनिबार - Sat Nov, 2024 -

रुपन्देहीमा दुई सय सात वटा उद्योग बन्द

रुपन्देही  – रुपन्देहीमा चालू आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात वटा उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात वटा उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् ।

गएको आर्थिक वर्षमा लगत कट्टा गराउने उद्योगको सङ्ख्या दुई सय १७ वटा रहेको थियो । कार्यालय प्रमुख भुसालले आर्थिक मन्दीको असर रुपन्देहीमा पनि देखिएको बताउनुभयो । उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको उहाँले बताउनुभयो । आर्थिक मन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com