Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

दिल्लीमा आगो लागेर नवजात शिशुले ज्यान गुमाएको अस्पताल अवैध रूपमा सञ्चालन

भारतको राजधानी दिल्लीमा गएको शनिवार आगलागीबाट सात नवजात शिशुले ज्यान गुमाएको बाल अस्पताल अनुमतिविना नै अवैध रूपमा सञ्चालन भएको पाइएको छ । विवेक बिहार क्षेत्रमा रहेको बाल अस्पतालको स्वामित्व भएका व्यक्ति र त्यति बेला काममा खटिएका डाक्टरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।

अस्पतालका निर्देशक डा. नविन किची र डा. आकाश नामका व्यक्तिलाई ज्यान मार्ने उद्योग गरेको अभियोग छ । अनुसन्धानकै क्रममा अस्पतालमा आगो नियन्त्रण गर्ने साधन स्रोत र आपत् आइपर्दा बाहिर निस्किन चाहिने आकस्मिक द्वार पनि नभएको फेला परेको छ ।

अस्पतालको ‘नो अब्जेक्सन सर्टिफिकेट’ अर्थात् सञ्चालन गर्न पाउने अनुमतिपत्र गएको मार्च ३१ तारिखमा नै सकिएको प्रहरी अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ । १५ मिटरभन्दा अग्ला अस्पताल भवनका लागि आगलागीसँग सम्बन्धित सुरक्षा मापदण्ड पूरा गरेको छ भनेर प्रमाणित गर्ने प्रमाणपत्र पनि चाहिन्छ ।

आगलागी हुँदा अस्पतालमा भर्खर जन्मिएका १२ जना शिशु थिए । जीवित पाँच जना शिशुलाई उपचारका लागि अर्को अस्पतालमा राखिएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com