Yeti Khabar

२०८१ भाद्र २३, आईतवार - Sun Sep, 2024 -

सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने अनुमान

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर थोरै घट्ने प्रक्षेपण गरेको छ । यो वर्ष बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने आइएलओको अनुमान छ  । सन् २०२३ मा यो पाँच प्रतिशत थियो । आइएलओले एक प्रतिवेदनमा श्रम बजारमा विश्वव्यापी रुपमा असमानता कायम रहेकाले  कम आय भएका देशहरूमा महिलाहरू विशेषरूपमा अवसरबाट बञ्चित रहेका जनाएको छ ।

प्रतिवेदनअनुसार अहिले विश्वमा १८ करोड ३० लाख मानिस बेरोजगार रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । कम आय भएका देशहरूमा १५ दशमलव तीन प्रतिशत पुरुषहरू बेरोजगारीको समस्यामा हुँदा २२ दशमलव आठ प्रतिशत महिलाहरु समस्यामा रहेको पाइएको छ ।

यस्तै उच्च आय भएका देशहरूको लागि महिलाहरूको यो दर नौ दशमलव सात र पुरुषहरूका लागि सात दशमलव तीन प्रतिशत थियो । प्रतिवेदनमा सन् २०२४ मा काम गर्ने उमेरका ४५ दशमलव छ प्रतिशत महिलाहरू र ६९ दशमलव दुई प्रतिशत पुरुषहरू रोजगारमा रहेका उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com