Yeti Khabar

२०८१ कार्तिक ६, मंगलवार - Tue Oct, 2024 -

जापानमा बिहानै भूकम्पको धक्का

जापानको इशिकावा प्रिफेक्चरमा आज बिहान भूकम्प गएको छ । जापानको मौसम विभागकाअनुसार बिहान साढे ६ बजे ५ दशमल ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण भन्ने आइनसकेको द जापान टाइम्सले जनाएको छ ।

विभागले यसअघि भूकम्पपछि सुनामीको चेतावनी जारी गर्दै आएपनि यस पटक भने यस्तो सम्भावना नरहेको जनाएको छ । यसअघि अप्रिल १ मा पनि जापानमा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो भने जनवरीमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा ५० जनाभन्दा धेरैको ज्यान गएको थियो । धेरै भवनमा क्षति पुगेको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com