सडक विभाग र महानगर प्रहरीबिच विवाद
जेठ, २१ काठमाडौँ । न्युरोड क्षेत्रको सडकका विषयमा सडक विभाग र काठमाडौँ नगर प्रहरीबिच विवाद भएको छ । काठमाडौँ महानगरले फुटपाथ विस्तारका लागि न्युरोड क्षेत्रको सडक भत्काएको सडक विभागले पिच गर्न खोजेपछि विवाद सुरु भएको हो ।
सडक विभागले आज र बिहान सडक पिच लागेपछि काठमाडौँ महानगरको प्रहरीले अवरोध गरेको छ । विवाद मिलाउन अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरूबिच न्युरोडमा छलफल भइरहेको छ ।