Yeti Khabar

२०८१ चैत्र २३, शनिबार - Sat Apr, 2025 -

काठमाडौंमा हावाहुरीसहित वर्षा

जेठ, २२ काठमाडौं । स्थानीय वायु सक्रिय हुँदा काठमाडौंमा हावाहुरीसहित वर्षा भइरहेको छ। दाङदेखि विकास भएको स्थानीय वायु प्रणालीले हावाहुरी र वर्षा निम्त्याएको मौसमविद् मीनकुमार अर्यालले बताए ।


‘दाङदेखि नै विकास भएको सिस्टम हो यो। चितवनको उत्तर भागदेखि सक्रिय देखिएको छ,’ अर्यालले बताए, ‘यो एक–डेढ घन्टा सम्म रहन्छ। त्यसपछि उत्तरपूर्व लाग्ने देखिन्छ।’

उनले यो प्रणालीका कारण काठमाडौंमा मध्यम वर्षा हुने बताए। अहिले मकवानपुर आसपास मध्यम वर्षा भइरहेको छ। त्यस्तै मधेसको बारा, पर्सा जिल्लामा पनि मध्यम वर्षा भइरहेको छ। मकवानपुरको हात्तीसुँढेमा १२.२ मिलिमिटर वर्षा भएको छ। मकवानपुरकै रजैयामा १० मिलिमिटर वर्षा भएको छ। बाराको कलैयामा ९.८ मिलिमिटर वर्षा भएको छ। बाराकै अमलेखगञ्जमा ९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com