Yeti Khabar

२०८१ भाद्र २३, आईतवार - Sun Sep, 2024 -

भारतको आसममा बाढीका कारण १८ जनाको ज्यान गयो

भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको ज्यान गएको छ । बाढीका कारण छ लाख जनाभन्दा धेरै मानिस प्रभावित भएका छन् । बाढीले होजाई, करिमगञ्ज, मोरिगाँव, नगाँव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।

यी जिल्लाहरूमा छ लाख २५ हजार तीन सय १८ जना मानिस बाढीबाट प्रभावित भएको एक अधिकारीले बताएका छन् । कछारमा भने चार जना बेपत्ता भएका खबरमा उल्लेख छ । अधिकारीहरूले पाँच सय ७७ गाउँ डुबानमा परेको र झन्डै छ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।

आसम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) काअनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा एक सय ९१ राहत शिविर तथा एक सय आठ वितरण केन्द्र खोलेको छ । प्रभावित क्षेत्रमा रेल ट्र्याकमा क्षति पुगेको कारण केही रेल सेवा पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन् । गएको मे महिनामा पश्चिम बङ्गाल र बङ्ग्लादेशको तटमा आएको चक्रवात र भारी वर्षापछि आसम र मणिपुर राज्यमा बाढी आएको हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com