Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

यो भिटामिनको कमीले हुन्छ अनुहार कालो

काठमाडौँ । अनुहार हाम्रो व्यक्तित्वको महत्त्वपूर्ण हिस्सा हो । छाला चाहे जस्तोसुकै रङको होस्, सबै रङ आफैँमा सुन्दर हुन्छ । तर कहिलेकाहीँ छालाको रंग अचानक कालो हुन थाल्छ । यस्तो एउटा भिटामिनको कमीका कारण हुन्छ ।

हाम्रो छाला र शरीरलाई कयौँ पोषक तत्त्व चाहिन्छ । छालाको चमक हराउने वा रङ कालो वा पहेँलो हुने पनि भिटामिनको कमीकै कारण हुन्छ । छालाको स्वास्थ्यमा भिटामिन सी र भिटामिन ई को महत्वबारे त तपाईंले बारम्बार सुन्नुभएकै होला । तर यो बाहेक अर्को भिटामिन पनि जरुरी छ । त्यो हो भिटामिन बी– १२ ।

अनुहारमा स्किन टोन अन–इभन हुनुको कारण पनि यही भिटामिन हो । भिटामिन १२ लाई कोबालामिन भनेर पनि चिनिन्छ । हाम्रो शरीरको रङ मेलेनिनले निर्धारण गर्छ । मेलेनिनकै कारण छाला कालो वा गोरो हुन्छ । भिटामिन बी–१२ को कमीले मेलेनिन सोस्ने कोशहरूले छालाको रङ बदल्न थाल्छन् । जसले गर्दा छालाको टोन अनइभन हुन्छ भने छालामा फुस्रो र दाग धब्बा पनि देखिन थाल्छ ।

यी पोषक तत्त्वमा पाइन्छ भिटामिन बी १२

शरीरमा भिटामिन बी १२ को कमी हुँदा छालामा चिलाउने लगायत कयौँ खालको समस्याहरू आउँछ । यो भिटामिनको कमी पूर्ति हुन जरुरी छ । यसका लागि दूध, दही, पनिर आदि दूधजन्य उत्पादनको सेवन गर्नु जरुरी छ । ब्रोकाउलीमा भिटामिन बी १२ प्रचुर मात्रामा पाइन्छ । यसबाहेक अन्डा पनि भिटामिन बी १२ को राम्रो स्रोत हो ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com