Yeti Khabar

२०८१ भाद्र २३, आईतवार - Sun Sep, 2024 -

पहिरोले बगायो संखुवासभामा तीनवटा घर

जेठ, ३१ काठमाडौं । संखुवासभाको खाँदवारी नगरपालिका- ११ मा पहिरोले तीन घर र एक गोठ बगाएको छ। हिजो राति वर्षासँगै अरूण नदीको बहाव बढेर मावाखोलामा बढेपछि पहिरोले तीन घर र एक गोठ बगाएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार घर बगाउँदा मणिप्रसाद राई घाइते भएका छन्। उनको घुँडामा चोट लागेको छ।

उनको ढुंगा र माटोले बनेको जस्ताको छानो भएको एकतले घर पनि बगाएको थियो। उनीसँगै सोही वडाका रामप्रसाद राई, दिलबहादुर राईको घर पनि बगाएको छ भने रत्नबहादुर राईको गोठ बगाएको प्रहरी निरिक्षक लामिछानेले बताए ।

पूर्व जानकारी भएकाले ठूलो मानवीय क्षति भएको छैन, उनले भने, स्थानीयले खाद्यान्न र गाइवस्तु अन्य ठाउँमा सारिसकेका थिए।उनका अनुसार जोखिम क्षेत्रआसपासमा मानिसहरू बर्खा सुरू भएसँगै अन्य ठाउँमा गइसकेका हुन्छन्। त्यसैले भौतिक क्षतिमात्र भएको हो। गएरातिको पानीले घरसँगै चन्दनपुरबाट चिचिला गाउँपालिका तर्फ जाने काठेपुल पनि बगाएको बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com