बस र टिप्पर एकआपसमा ठोक्किँदा २१ जना घाइते
असार,४ काठमाडौं । झापामा बस र टिप्पर एकआपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्। कमल गाउँपालिका-४ मा बस र टिप्पर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते भएका हुन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–४ मा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा३ ख २१६६ न. को टिप्पर र विपरीत दिशातर्फबाट जाँदै गरेको को १ ख ५०८७ न. को बस एकापसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी तथा प्रहरी प्रमुख मिलन केसी जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी बसमा सवार २१ जना यात्रु घाइते भएको र घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ। घाइते सबैको दमक रिसर्च सेन्टर अस्पताल र लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।
अवस्था गम्भीर रहेकालाई दमकमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल र विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरी प्रमुख जानकारि दिए ।