Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

आफैलाई गोली हानेका सुरक्षाकर्मीको मृत्यु

असार,५ काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैलाई गोली चलाएका छन्। संघीय संसद भवनको पश्चिम गेटको २ नम्बर ग‍ेटमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले आज बिहान आफैमाथि गोली चलाएका हुन्।उनको घटनास्थलमै मृत्यु भएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार संसद भवनको २ नम्बर गेटका बायाँपट्टी रहेको शौचालय गएका उनले आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा फायर गरेका थिए।

उनी बिहान ८:१५ बजे शौचालया मृत भेटिएको एसपी अधिकारीले बताए । मृतक गोले दोलखाको मेलुङ गाउँपालिका-४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com