Yeti Khabar

२०८१ कार्तिक २, शुक्रबार - Fri Oct, 2024 -

साउदी अरबमा गर्मीका कारण एक हजारभन्दा धेरै हजयात्रीको ज्यान गयो

साउदी अरबमा चरम गर्मीका कारण ज्यान गुमाउने हजयात्रीको सङ्ख्या एक हजार नाघेको छ। ज्यान गुमाउनेमध्ये आधाभन्दा धेरै दर्ता नभएका तीर्थयात्री रहेका एएफपीले जनाएको छ । हिजो प्रकाशित नयाँ प्रतिवेदनअनुसार हज तीर्थयात्राको क्रममा झण्डै १० देशका एक हजार ८१ जनाको ज्यान गएको अरबका एक कूटनीतिज्ञले बताएका छन् ।

इजिप्ट, मलेसिया, पाकिस्तान, भारत, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया र इराकका नागरिकको हज यात्रामा ज्यान गएको बताइएको छ । अझै अरु थुप्रै तीर्थयात्रीहरू बेपत्ता भएका छन् । इस्लामिक क्यालेन्डरले निर्धारण गरेको समयमा गरिने हज यात्रा यस वर्ष साउदीको चर्को गर्मीको समयमा परेको हो ।

त्यहाँको राष्ट्रिय मौसम विज्ञान केन्द्रले यस हप्ताको शुरुमा मक्काको ग्रान्ड मस्जिदमा ५१ दशमलव आठ डिग्री सेल्सियसको उच्च तापक्रम रिपोर्ट गरेको थियो । गएको महिना प्रकाशित साउदीको एक अध्ययनअनुसार यस क्षेत्रको तापक्रम प्रत्येक दशकमा शून्य दशमलव चार डिग्री सेल्सियसले बढिरहेको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com