Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

काभ्रेको रोशी ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बाग्मती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले हिजो राेशीलाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गर्नुभएको हो ।

गाउँपालिकाको टोल बस्तीभित्र गरिएको सर्वेक्षणअनुसार छ हजार सात सय ५२ घरका चार वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका पाँच हजार सात सय चार बालबालिका विद्यालयमा भर्ना भएका छन् ।

सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा भइसकेकोले रोशीलाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको महानिर्देशक सुवेदीले बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com