Yeti Khabar

२०८१ भाद्र २३, आईतवार - Sun Sep, 2024 -

वीरगञ्जमा चापाकल सुक्न थाले, खानेपानीको लाइन जडान गर्ने बढे

पर्सा – वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् । चालू आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको अवधिमा मात्रै थप दुई हजार आठ सय १० घरधुरीले खानेपानी संस्थान शाखा कार्यालयबाट नयाँ धारा जडान गरेका हुन् ।

खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका वितरण प्रमुख सञ्जीवकुमार यादवले सर्वसाधारणको घरआँगन परिसरमा जोडेको चापाकल सुकेसँगै खानेपानी संस्थानको धारा जोड्ने क्रम बढेको जानकारी दिनुभयो ।

गएको वर्षको असार मसान्तसम्म संस्थानका खानेपानीका ग्राहक आठ हजार चार सय जना मात्रै रहेका थिए । तर यो हिउँदेयाममा चर्काे खडेरी लागेसँगै खानेपानी संस्थानको लाइन जोड्नेको सङ्ख्या बढिरहेको छ । यस वर्ष यही असार ६ गतेसम्म संस्थानका खानेपानीका कूल ग्राहक सङ्ख्या ११ हजार दुई सय १० जना पुगेकाे छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com