करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार
१२ असार, काठमाडौं । नेपाल आइडल विजेता करण परियारलाई आज बिहान बालुवाटार निवासमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गितार उपहार दिएका छन् ।
खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् । युवापुस्तासँग आफू सँगसँगै रहेको बताउँदै उनले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले करण परियारले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मिहिनेत गर्ने विश्वास व्यक्त गरे ।