भारतको उत्तर प्रदेशमा भागदौड : ज्यान गुमाउनेको सङ्ख्या १ सय २२ पुग्यो
भारतको उत्तर प्रदेश हाथरसमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय २२ जना पुगेको छ । ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका छन् ।
हिन्दुहरुको सत्संग कार्यक्रममा हिजो भएको भागदौडमा अझै धेरै मानिस बेपत्ता छन् । घाइतेको भने उपचार भईरहेको छ ।प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि त्यहाँ गएका भक्तजनबीच कथा वाचन गर्ने बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा हुँदा भागदौड भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी